२०७७ जेठ ४ गते २०:१० विकासन्युज
काठमाडाैं । सरकारले जेठ २० गतेसम्म लकडाउन बढाउने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले दिन लकडाउन बढाउने निर्णय गरेकाे हाे ।
कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले पनि सरकारलाई जेठ २० गतेसम्म लकडाउन लम्ब्याउन सिफारिस गरेको थियाे ।
सरकारले गरेको लकडाउनको समयावधि भाेलि सकिँदैछ । तर, अब भने जेठ सम्म लकडाउन कायमनै रहनेछ ।
नेपालमा काेराेना भाइरसकाे संक्रमण बढ्दै गएपछि सरकारले पनि लकडाउन बढाउने निर्णय गरेकाे हाे । नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भइसकेकाे छ भने २ सय ९२ जना संक्रमित छन् । ३६ जना भने निकाे भएर घर फर्किसकेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.