जेठ २० गतेसम्म लकडाउन बढाउने सरकारकाे निर्णय

  २०७७ जेठ ४ गते २०:१०     विकासन्युज

काठमाडाैं । सरकारले जेठ २० गतेसम्म लकडाउन बढाउने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले  दिन लकडाउन बढाउने निर्णय गरेकाे हाे ।

कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले  पनि सरकारलाई जेठ २० गतेसम्म लकडाउन लम्ब्याउन  सिफारिस गरेको थियाे ।

सरकारले गरेको लकडाउनको समयावधि भाेलि सकिँदैछ । तर, अब भने जेठ सम्म लकडाउन कायमनै रहनेछ ।

नेपालमा काेराेना भाइरसकाे संक्रमण बढ्दै गएपछि सरकारले पनि लकडाउन बढाउने निर्णय गरेकाे हाे । नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भइसकेकाे छ भने २ सय ९२ जना संक्रमित छन् । ३६ जना भने निकाे भएर घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.