बुवाका प्रतिस्पर्धीलाई पराजित, व्यवसायीदेखि सांसदसम्म

  २०८१ वैशाख १८ गते ६:३४     विकासन्युज

काठमाडौं । इलाम क्षेत्र नम्बर–२ मा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले जित हासिल गरेका छन् । नेम्वाङले २७ हजार ७ सय ७२ पाएर जित हासिल गरेका छन् भने उनको निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९ सय ४२ मत पाएका छन् ।

बुवाका प्रतिसप्रर्धिसँग जित

पूर्वी नेपालको इलाम क्षेत्र नम्बर २ एमालेको गढ भनेर चिनिन्छ । विगत २५ वर्षदेखि निरन्तर एमालेको कब्जामा रहेको यो क्षेत्र उपनिर्वाचनमा पनि एमालेकै कब्जामा रह्यो । २०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा सुहाङका बुवा एमाले उपाध्यक्ष तथा पूर्वसभामुख समेत रहेका स्व.सुवास नेम्वाङसँग प्रतिसपर्धा गरेका डम्मर खड्कासँग सुवासका छोरा सुहाङले प्रतिसपर्धा गरे । उनका बुवासँग १ सय १४ मतले पराजित भएका खड्का सुहाङसँग ५ हजार ८ सय ३० पराजित भए ।

वि.सं. २०५६ सालयता सधैं सहज जित निकाल्दै आएका एमाले नेता सुवासचन्द नेम्वाङको निधन भएपछि अहिले त्यही क्षेत्रमा उनका छोरा सुहाङले बहुमत प्राप्त गरे । त्यो पनि आफ्नो बुवाको प्रतिस्पर्धीसँग । गत भदौ २५ गते सुवासको निधन उत्रिएका थिए । नेकपा एमालेले पनि उनलाई नै उम्मेदवार बनाएको थियो ।

२०७९सालमा भएको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका अरु दलको समेत समर्थन पाएका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत ल्याउँदा सुवासले ३० हजार २० मत पाएका थिए । २०५६ सालदेखि बुवा सुवास नेम्बाङले जितिरहेको क्षेत्रमा उनकै क्षेत्रले पुनः विजयीको झण्डा फहराएका छन् ।

२०५६ सालको आमचुनाव, ०६४ को पहिलो र ०७० को दोस्रो संविधान सभाको चुनाव, २०७४ को आमचुनाव हुँदै २०७९ मंसिरको आमचुनाव पनि सुवासले निरन्तर विजयी हासिल गरेका थिए ।

को हुन् सुहाङ ?

सुहाङ संविधान सभा अध्यक्ष स्व. सुवास नेम्वाङका कान्छा छोरा हुन् ।  ३४ वर्षीय सुहाङले कानुनमा बिएएलएल गरेका छन् । उनी खेलकुद वृत्तमा स्पाेर्टिङ इलाम एफसी डी मेचीको अध्यक्ष छन् । उनको पुर्ख्यौली थलो इलाम नगरपालिका–७ सुन्तलाबारी हो । तर, उनी काठमाडौंमा हुर्किए । काठमाडौं स्कुल अफ ल मा बिएएलएल सकेपछि वकालतीको बाटो तय गरेका थिए । उनले २०६८ सालमा नेकपा एमालेको सदस्यता लिएका थिए ।

उनी अहिले पार्टीको केन्द्रीय कानुन विभाग सदस्य छन् । सुहाङ योभन्दा पहिले राजनीतिमा संगलग्न थिएनन् । बुवाको निधनपछि मात्र उनी राजनीतिमा आएका हुन् । उनको आफ्नै ल फर्म छ । राजनीतिमा आउनुभन्दा अघि उनी आफ्नै ल फर्म खोलेर काम गरिरहेका थिए ।

उनको इलाममा फुटबल क्लब पनि छ । उनका हजुरबुवा इलाम जिल्ला अदालतका न्यायाधीस थिए । बुवाको फेरो उनका बुवा सुवास पनि समाते । तर, उनलाई राजनीतिले बढी तान्यो । बुवा राजनीतिमा लागेपछि सुहाङले वकालती पेशामा लागे ।

सुहाङले निम्न माध्यामिक तहसम्मको शिक्षा काठमाडौंको ग्यालेक्सी पब्लिक स्कुलबाट पूरा गरेका छन् । माध्यामिक तहको शिक्षा पनि चाबहिल, लामपोखरीमा रहेको लोयल्टी स्कुलबाट गरेका छन् । उनी पढाइकै लागि अष्ट्रेलिया पनि पुगे । तर, पछि फर्केर नेपालमै आए ।

भाँडा माझ्नेदेखि जुता सिलाउने काम

अष्ट्रेलिया, जापान, क्यानडा नेपाली विद्यार्थीको लागि सपनाको सहर हो । ऋण काढेर भएपनि नेपाली विद्यार्थी विदेश जान्छन् । यसबाट सुहाङ पनि अछुतो रहेनन् । उनी पनि पढाइ गर्न अष्टे«लिया पुगे । त्यहाँ भनेजस्तो सहज भएन ।

उनले विभिन्न अन्तर्वार्तामा आफू अष्ट्रेलिया गएर भाँडा माझेको पनि बताएका छन् । अष्ट्रेलियामा उनले ६ महिना भाँडा माझ्दै पढे । त्योभन्दा राम्रो पैसा कमाई कपडा बेच्दा हुने थाहा पाएपछि उनले कपडा बेच्ने काम पनि गरे । केही महिना जुत्ता बेच्ने काम समेत गरेको उनले बताएका छन् ।

उनले अष्ट्रेललियामै बसेर स्यान्डविज समेत बनाउने काम गरे । तर, केही वर्षपछि बुवा सुवासले एलएलबी पढ्न नेपालमै आउ भनेपछि सुवाङ नेपाल फर्के ।

बुवाको बुहारी हेर्ने चाहना अधुरो

सुवास सुहाङका बुवामात्र थिएनन्, साथी पनि थिए । अष्ट्रेलियामा भाडाँ माझेको स्यान्डविज बनाएको कुरा मात्र होइन, फुटबल व्यवसायमा भएका कुराहरू उनीहरूबीच सेयर हुन्थे । सुवास पनि आफ्ना सबै कुरा छोरालाई सुनाउँथे ।

उनी छोरालाई बेला बखत जिस्क्याउँदै बुहारी कहिले ल्याउने भन्दै प्रश्न गर्थे । सुवासको निधन हुनु केही दिनअघि पनि सुहाङ अष्ट्रेलिया थिए । एक महिनाको लागि अष्ट्रेलिया गएका उनलाई सुवासले जिस्कँदै भनेको सुहाङले अन्तर्वार्ताको क्रममा भनेका छन्, ‘तिमिलाई काठमाडौंको कोही मन परेन जस्तो छ, बरू अस्ट्रेलियाबाट बुहारी ल्यायौ भनेपनि म खुसी हुने थिएँ, लु है अलिकति कसरत गरेर आउनु ।’

अहिले सुहाङलाई बुवाको त्यो कुराको याद धेरै आउँछ । यस्ता याद आउने हजारौं स्कृतिहरू सुहाङसँग छन् । तर, अहिले उनीसँग बुवा छैनन् । बुवाका यादहरू मात्रै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.