आइएमई जनरल इन्सुरेन्सको नाफा बढ्यो, बीमा शुल्क घट्यो

  २०७७ वैशाख ३१ गते १८:१६     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्म १० करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा ७.३६ प्रतिशत बढी हो । कम्पनीले गत वर्षको सोहि अवधिमा १० करोड २ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क ८.२१ प्रतिशतले घटेर ३६ करोड २७ लाख रुपैयाँमा सीमित भएको छ ।

त्यस्तै, कम्पनीको बीमा कोष र खुद दावी भुक्तानी बढेर क्रमशः ३० करोड ४७ लाख र १५ करोड ४० लाख रुपैयाँ पुगेको छ । कम्पनीको अनुसार ६४ करोड ८७ लाख रुपैयाँ दाबी भुक्तानी हुन बाँकी रहेको छ ।

१ अर्ब २ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २१ करोड ९४ लाख रुपैयाँ छ । त्यस्तै, वार्षिक प्रतिसेयर आम्दानी १४.०२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.