‘लकडाउनमा सबै काम ठप्पै पार्नु हुँदैन, साना उद्योग व्यवसाय सञ्चालन गर्न पाउनु पर्छ’

  २०७७ वैशाख १० गते १९:०९     विकासन्युज

काठमाडौं । उद्योगी व्यवसायीहरुले लकडाउनको यो अवधिमा पनि घरेलु कम्पाउण्डभित्र चल्ने साना उद्योगहरु सञ्चालन हुनुपर्नेमा विशेष जोड दिएका छन् । लकडाउन भनेर चुप लागेर बस्नु देशकै लागि प्रत्युत्पादन हुनसक्ने भन्दै उनीहरुले सरकारको ध्यान त्यसतर्फ आकर्षित गराए ।

युवा व्यवसायी समाज नेपालका केन्द्रिय अध्यक्ष विश्वराम कवाँंले लकडाउनको नाममा सबै कामकुरा ठप्पै पारेर मात्रै बस्नु बुद्धिमानी हुन नसक्नेतर्फ ध्यान आकर्षित गराए । ‘लकडाउन मात्रै सबै समस्याको समाधान हुन नसक्ला, समाजका अध्यक्ष कवाँले थपे, ‘यो बेला पनि खान लाउन त पर्यो, त्यसको लागि आम्दानीको श्रोत त चाहियो नै । यसैको लागि कि त सरकारले राम्रो वन्दोवस्त गरिदिनु पर्यो नभए काम गर्ने वातावरण बनाइदिनुपर्यो ।’

सरकारमा बस्नेहरु दुरदर्शी नभएको भन्दै उनले लकडाउन पछिको उद्योग व्यवसाय फस्टाउन के गर्ने हो स्पष्ट नीति आवश्यक रहेको खाँंचो औंल्याए । लकडाउनको यो बीचमा भएको सबै कार्यहरु बन्द हुँदा त्यसलाई पूर्ति गर्नसक्ने नयाँं नीति आवश्यक भएकोतर्फ उनले सरकारको ध्यानाकर्षण गराए ।

लकडाउनको यो अवधिमा सामान्य खेतमा जाने किसानलाई पनि रोक लगाइएको अवस्था भन्दै किसानहरु खेतको बारीमा भएको तरकारी पनि लिन जाने अवस्था नभएको बताए । यही कारण खेतमा फलेको तरकारी पनि खेतमै कुहाउन दिनुपर्ने अवस्था सृजना भएको उनको भनाई छ । यसले भोलिका दिनमा भोकमरीको सृजना हुन सक्दैन भन्न नसकिने उनको धारणा छ ।

लकडाउनको योवीचमा विशेष गरी सामान्य नागरिक बिचल्लीमा छन् । सामान्य नागरिकलाई सरकारले राहत वितरण गरिरहे पनि धेरै नागरिक खान नपाएरै सुरक्षा संयन्त्रबाट भागीभागी आफनो जन्मथलो गाउँंठाउँं जानुपर्ने अवस्था छ । आफूसँंग भएको खर्च सकिसक्दा पनि राहत नपाउनुलगायतका कारण उनीहरु सहरबाट भागेर गाउँं जान विवश छन् ।

एकजना मजदुर सूर्यबहादुर सार्की आफू जस्ता धेरै मजदुरहरु चाहेर खुशीले गाउँ नगएको सुनाए । ‘यो हाम्रो रहर होइन, बाध्यता हो, उनले भने, ‘रहरले मलाई लाग्छ कोही पनि गाउँं गएका छैनन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.