२०७६ चैत १८ गते १९:१५ विकासन्युज
काठमाडौं । सेल्सबेरी ब्राण्डबाट सुपर मार्केट सञ्चालन गरिरहेको सेलवेज ग्रुपले कोरोना रोकथाम कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । ग्रुपले सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उक्त रकम सहयोग गरेको हो ।
कम्पनीले विगत २९ वर्ष देखि अनवरत रूपमा सेल्सबेरी ब्राण्डबाट सुपर मार्केट सञ्चालन गरिरहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.