सेलवेज ग्रुपले कोरोना रोकथामको लागि दियो २५ लाख रुपैयाँ

  २०७६ चैत १८ गते १९:१५     विकासन्युज

काठमाडौं । सेल्सबेरी ब्राण्डबाट सुपर मार्केट सञ्चालन गरिरहेको सेलवेज ग्रुपले कोरोना रोकथाम कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । ग्रुपले सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उक्त रकम सहयोग गरेको हो ।

कम्पनीले विगत २९ वर्ष देखि अनवरत रूपमा सेल्सबेरी ब्राण्डबाट सुपर मार्केट सञ्चालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.