२०७६ फागुन २९ गते १९:३३ विकासन्युज
काठमाडौं । डिशहोमले केवर्ल्ड च्यानल शुरु गर्ने भएको छ । उक्त च्यानलमा के-पप, माई लिटिल बेबी, रिचम्यान, किङ इन द लभ, मेल्टिङ हर्ट आदि जस्ता चर्चित कोरियन गीत तथा सिरिज डिशहोमको च्यानल नं. ११३ मा प्रशारण हुनेछ ।
यो च्यानल प्लस प्याकेज, प्रिमियम एचडी र लाईफ स्टाइल एचडी प्याकेजमा डिशहोमका ग्राहकहरुको लागी उपलव्ध गराईएको छ । साथै, डिसहोम गो(ओटीटी) एपमा पनि यो च्यानल हेर्न सकिनेछ ।
डिशहोमले संचालन गरेको यो च्यानलले नेपाली दर्शकलाई फरक मनोरञ्जन प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.