उच्च शिक्षाका ठगहरुबाट बच्न एनओसीलाई अनलाईन प्रणालीमा लैजानुपर्छ: ईक्यान

  २०७६ फागुन १४ गते १८:५०     विकासन्युज

काठमाडौं । उच्च शिक्षा अध्यनको लागि शिक्षा मन्त्रालयले प्रदान गर्न नो अब्जेक्सन लेटर (एनओसी) अनलाईन प्रणालीमा लैजान नेपाल शैक्षिक परामर्श स‌घ ईक्यानले माग गरेको छ ।

बुधबार विज्ञप्ती जारी गर्दै ईक्यान्ले एनओसी अनलाईन प्रणालीमा लैजान ईक्यानले माग गरेको हो ।

शिक्षा मन्त्रालयले प्रदान गर्न एनओसी अनलाईन प्रणालीमा नहुुँदा बिचौलियहरुले फाइदा उठाउँदै नक्कली कागजात बनाएर सोझासाझा विद्यार्थीलाई फसाएको ईक्यानको आरोप छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनबाट एनओसी नक्क्ली भएको भन्दै ५८ विद्यार्थी फर्काईएका थिए । ईक्यानले सो घटनालाई उदाहरण दिदैँ एनओसीलाई अनलाईन प्रणालीमा लैजान माग गरेको छ ।

यस्तैे सरकारी निकायको समन्वयात्मक व्यवस्थापन कमजोरीका कारण यात्रा गर्न नपाई मर्कामा परेका विद्यार्थीलाई पर्न गएको आर्थिक तथा मानसिक क्षतिपूर्ती दिन पनि माग गरेको छ ।

साथसाथै उक्त घटनाका दोषी र निजले सेवा लिएको परामर्शदाताको संलग्नता देखिएमा परामर्शदाता समेतलाई कडाभन्दा कडा कारबाही गर्न तथा निर्दोष विद्यार्थीको क्षति भएको हवाई टिकट वापतको रकम निज वा निजले तोकेको परिवारको सदस्यमार्फत् क्षतिपुर्ति दिलाउन ईकयानले माग गरेको छ ।

आपलुहरुले नेपाल सरकार शिक्षा मन्त्रालय समक्ष बारम्बार यस सम्बन्धि आग्रह गर्दै आए पनि कतैबाट सुनुवाई नहुँदा निर्दोष विद्यार्थीले समस्या भोग्नु परेको विज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.