डिशहोममा डिलर दाईको विजेता घाेषणा, नवलपरासीका सुदिप र कास्कीकी बिनिता दुबैले पाए एक लाख रुपैयाँ

  २०७६ फागुन २ गते १९:०९     विकासन्युज

काठमाडौं । डिशहोमले “डिशहोममा डिलर दाईको डिस्काउन्ट” योजनाको लाइभ लक्की ड्र गरी विजेता घोषणा गरेको छ । जसअन्तर्गत नवलपरासीका सुदिप मरासिनी र कास्कीकी बिनिता गुरुङ विजेता भएका छन् ।

यससँगै दुबैले एक/एक लाख रुपैयाँ पाउने भएका छन् । डिशहोमले फागुन २ गते शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नं १०० बाट लाइभ लक्की ड्र प्रसारण गरेको थियो । पहिलो लाइभ लक्की ड्रबाट डिशहोमको सेटअप बक्सको सीएएसआईडी नं ०२५१९१०७४८४ का नवलपरासीका सुदिप मरासिनी र सीएएसआईडी नं ०२५१९११०६५० का बिनिता गुरुङ्गले एक÷एक लाख रुपैयाँ पाउने डिशहोमले जनाएको छ ।

यस योजना अन्तर्गत माघ २७ गतेदेखि फाल्गुन १ गतेसम्म फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लाइभ लक्की ड्र सम्पन्न गरेको हो ।

आउने लाइभ लक्की ड्र आगामी फागुन ९ गते शुक्रबार सोहि च्यानलबाट सोहि समयमा प्रसारण गरिने जानकारी गराइएको छ । फाल्गुन २ गते शुक्रबार देखि ८ गते बिहिबार सम्म फण्ड ट्रन्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकलाई ९ गतेको लाइभ लक्की ड्रमा समावेश गरिने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारः

डिशहोमले ल्यायो डिलर अफर, माघ २७ गतेदेखि लागू हुने, सहभागी हुने कसरी ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.