डिशहोमले ल्यायो डिलर अफर, माघ २७ गतेदेखि लागू हुने, सहभागी हुने कसरी ?

  २०७६ माघ २६ गते १९:३४     विकासन्युज

काठमाडौं । डिशहोमले “डिशहोममा डिलर दाईको डिस्काउन्ट” नामक अफर ल्याएको छ । जस अनुसार डिशहोमका डिलरहरु मार्फत फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरे बापत एड–अन प्याकेज सहित विक्ली लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ ।

साथै, हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रतिव्यक्तिले एक लाख रुपैयाँ उपहार जित्नेछन् । विक्ली लक्की ड्र कार्यक्रम २०७६ माघ २७ गते देखिबाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुको लागी मात्र लागू हुनेछ ।

विक्ली लक्की ड्र २०७६ फागुन २ गतेबाट डिशहोमको शोकेस च्यानल नं १०० मा प्रत्येक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रसारण गरिनेछ । प्रत्येक हप्ताको शुत्रबार देखि बिहिबारसम्म वार्षिक रिचार्ज गर्नु हुने ग्राहकहरुलाई आउने शुत्रबारको लक्की ड्रमा समावेश गरिनेछ ।

फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई मात्र विक्ली लक्की ड्रमा समावेश गरिनेछ । समावेश भएका ग्राहकहरुको डिश होम सेट-टप बक्सको सीएएस आईडीको आधारमा विजेताको घोषणा गरिने छ । बिजेताको घोषणा डिजिटल प्रणालीबाट गरिने छ । नेपालका जुनसुकै डिशहोमका डिलरहरु मार्फत ग्राहकहरुले फण्ड ट्रान्सफर बाट वार्षिक रिचार्ज गरि यो योजनामा सहभागी हुन सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.