सिभिल बैंकको १०८ औं शाखा बाराकाे कलैयामा

  २०७६ फागुन १ गते १९:३६     विकासन्युज

काठमाडौं । सिभिल बैंकले आफ्नो १०८औं शाखा बाराको कलैयामा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य युगेश बहादुर मल्ल तथा कलैया उप-महानगरपालिकाका मेयर राजेश राय यादवले बिहीबार एक कार्यक्रमका बीच संयुक्त रुपमा गरेका हुन् ।

सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत श्री सिद्धेश्वर संस्कृत माध्यामिक विद्यालयलाई सीसी टिभी क्यामेरा प्रदान गरेको कम्पनीले जानकारी गराएको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले कलैयामा प्रशस्त अवसरहरु आफूले देखेको र आफुले बैंकको तर्फबाट यस क्षेत्रको अर्थतन्त्र उकास्नका लागि सम्पूर्ण बैंकिंग सेवा तथा सुविधाहरु प्रदान गर्ने बताएका छन् ।

बैंकको प्रदेश नं २ मा यस शाखा समेत गरी १४ शाखा तथा नेपालभर कुल शाखा संख्या १०८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.