बार्सिलोनाको अफिसियल पेजमा प्रियंका कार्की, लेखियाे-‘वि लभ नेपाल’

  २०७६ माघ २० गते १६:४५     विकासन्युज

काठमाडौं । बार्सिलोनाको अधिकारिक फेसबुक पेजले कलाकार नायिका प्रियंका कार्कीको तस्विर  पोष्ट गरेकाे छ ।

बार्सिलोनाको अधिकारिक फेसबुक पेजले सोमबार ‘वि लभ नेपाल’ भन्दै कलाकार प्रियंका कार्कीको तस्विर पोष्ट गरेकाे हाे ।

कार्की आईतबार ब्वाईफ्रेण्ड आयुसमान देशराज जोशी र अन्तर्राष्ट्रिय युटुबर गबी गर्सियासँग गेम हेर्न बार्सिलोनाको होम स्टेडियम क्याम्प नोउ पुगेकी थिईन् ।

बार्सिलोना वा बार्साको नामले चिनिने यो क्लब स्पेनको एक व्यावसायिक फुटबल क्लब हो, जुन स्पेनको बार्सिलोनामा अवस्थित छ । यसको पुरा नाम एफसी बार्सिलोना अर्थात फुटबल क्लब बार्सिलोना हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.