रुपन्देहीको धकधइमा प्रभु बैंकको नयाँ शाखा

  २०७६ माघ १२ गते १६:३१     विकासन्युज

काठमाडौं । प्रभु बैंक लिमिटेडले रुपन्देहीको धकधइमा नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले गरेका हुन् ।

शाखाको उद्घाटन गर्दै प्रमुख अतिथी यादवले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए । साथै, प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको उनले बताए ।

बैंकको धकधइ शाखा कार्यालयबाट प्रभु बैंकले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने छन् । त्यस्तै, स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्धि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा धकधइ शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.