भ्रमण वर्षलाई महाअभियानका रुपमा सञ्चालन गर्न राष्ट्रपतिकाे आग्रह

  २०७६ पुष १६ गते २०:१३     विकासन्युज

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षलाई महाअभियानका रुपमा सञ्गचालन गर्न आग्रह गरेकी छन् । बुधबार काठमाडौंको दशरथ रंगशालामा आयोजित भ्रमण वर्ष उद्घाटन समारोहमा बोल्दै उनले भ्रमण वर्ष राष्ट्रिय अभियानको रूपमा सञ्चालन  गर्न बताएकी हुन् ।

उनले पर्यटनलाई आर्थिक समृद्धिको रूपमा अंगिकार गर्न आग्रह गरेकी छन्। भ्रमण वर्ष सफल पार्नका लागि सबै नेपाली एकजुट हुनुपर्ने राष्ट्रपतिको आग्रह थियो। संसारकै उत्कृष्ट गन्तव्यस्थल सगरमाथा, गौतमबुद्धको जन्मस्थल लुम्बिनी, चितवन, अन्नपूर्ण लगायतका क्षेत्रमा भ्रमण गर्न उनको आग्रह थियो।

उनले पर्यटन क्षेत्रको विकासका लागि योजनाबद्ध कार्यक्रम ल्याउन नसके सम्भव नहुने धारणा राखेकी थिइन्। सांस्कृतिक तथा प्राकृतिक हिसाबले विविकधीकरण भएकाले सबैखालका पर्यटकलाई आकर्षित गर्न सकिने उनको भनाइ थियो। राष्ट्रपति भण्डारीले प्रकृतिलाई बिगारेर नभई सिंगारेर पर्यटकलाई आकर्षित गर्नुपर्ने धारणा राखिन्।

पर्यटन वर्षको अभियानले विश्वमा मानवता भातृत्व तथा शान्तिप्रतिको प्रतिबद्धता उजागर गर्ने उद्देश्य राखेको समेत उनले बताइन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले समृद्ध नेपाल सुखी नेपालीको आधार नै भ्रमण वर्ष रहेको बताए। उनले नेपाल संसारकै एक अद्वितीय प्राकृतिक सम्पदायुक्त मुलुक भएकाले भ्रमण गर्न आउन विश्व समुदायलाई आग्रह गरेका थिए।

सांस्कृतिक सुन्दरता, धार्मिक केन्द्रको लागि नेपाल आउने सबै सिजनमा नेपाल भ्रमण गर्न सकिने छु, मन्त्री भट्टराईले भने। विश्वका सबैभन्दा बढी उचाई भएका हिमाल नेपालमा रहेको गौतमबुद्धको जन्मस्थल, विभिन्न धार्मिक मठमन्दिर, विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा हेर्न पनि नेपाल आउनुपर्ने बताए।

सन् १९५१ देखि विदेशी पर्यटकका लागि नेपाल भ्रमण गर्न खुल्ला गरिएको जानकारी दिँदै मन्त्री भट्टराईले पछिल्लो समय पर्यटन क्षेत्र नै नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार बनेको बताए।  सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने र अबको १० वर्षलाई पर्यटन दशकको अभियानको रूपमा अगाडि बढाउने आधार वर्षको रूपमा वर्ष २०२० लाई लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.