जापानीज सामानहरु पाइने मिनी शो, २ सय देखि २ हजार सम्मका

  २०७६ कार्तिक २५ गते १२:५०     विकासन्युज

काठमाडौं । घरायसी प्रयोजनका जापानीज सामानहरु मात्र पाइने ‘मिनी शो रुम काठमाडौंको शूरु भएको छ । काठमाडौं स्थित राइजिङग मलमा मिनी शो सञ्चालनमा आएको छ ।

राइजिङग मलकाे मिनीशोमा जापानीज सामानहरु २ सय देखि २ हजारसम्मका पाइने मिनी शोले जानकारी दिएको छ । मिनिशाेका स्टोरहरु विश्वभरी नै  रहँदै आएका छन् । यस्तो मिनीशो रुम विश्वका ९० वटा देशमा करिब ४ हजार स्थानमा रहेको छ ।

उक्त स्टोरहरुमा घरेलु सामाग्री, दैनिक जीवनमा प्रयोग हुने सामाग्रीहरु, स्वास्थ्य तथा सौन्दर्य सम्बन्धी सामानहरु उपलब्ध छन् । यस्तै, फेसनसँग सम्बन्धित, डिजिटल प्रोडक्टहरु तथा अन्य खाना तथा पेय पर्दाथहरु यसमा समावेश हुँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.