२०७६ कार्तिक ५ गते १६:०५ विकासन्युज
काठमाडौं । ओपोले आफ्नो नयाँ मोडल ‘ओपो रेनुटु’को बिक्री शुरु गरेको छ । कात्तिक २ गतेदेखि ओपोको आधिकारिक शोरुम न्युरोडमा आयोजित एक कार्यक्रममार्फत उक्त बिक्रीको आरम्भ गरेको हो ।
ओपो फोनमा चार क्यामेरा जडान गरिनुका साथै यसमा ४८एमपी अल्ट्रा क्लियर मेन लेन्स, ८एमपी वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र २एमपी पोट्रेट लेन्स रहेका छन । साथै, यसकाे ४८एमपी क्षमताको प्रमुख लेन्स पछिल्ला पुस्ताका लेन्सको तुलनामा ठूलो मात्र नभइ अझ बढी रेजोल्यूशन दिने क्षमता रहेको छ ।
रेनोटू एफमा ४ हजार एमएएच क्षमताको शक्तिशाली ब्याट्री जडान गरिएकाे छ । यसमा ६.५ईञ्चको मल्टि(टच, ३९४ पीपीआईमा २३४०८१०८० पिक्सेल क्यापेसिटिभ स्क्रिनको ब्यवस्था भएको कम्पनीले जनाएको हाे ।
यसरी, उक्त मोडलको नेपाली बजार मूल्य ४६ हजार ९ सय ९० रुपैयाँ रहेको छ भने लेक ग्रिन र स्काई ह्वाइट गरी दुई रंगमा सार्वजनिक गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.