ओपोको नयाँ मोडल ‘ओपो रेनोटू’ अब नेपाली बजारमा, मूल्य कति ?

  २०७६ कार्तिक ५ गते १६:०५     विकासन्युज

काठमाडौं । ओपोले आफ्नो नयाँ मोडल ‘ओपो रेनुटु’को बिक्री शुरु गरेको छ । कात्तिक २ गतेदेखि ओपोको आधिकारिक शोरुम न्युरोडमा आयोजित एक कार्यक्रममार्फत उक्त बिक्रीको आरम्भ गरेको हो ।

ओपो फोनमा चार क्यामेरा जडान गरिनुका साथै यसमा ४८एमपी अल्ट्रा क्लियर मेन लेन्स, ८एमपी वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र २एमपी पोट्रेट लेन्स रहेका छन  । साथै, यसकाे  ४८एमपी क्षमताको प्रमुख लेन्स पछिल्ला पुस्ताका लेन्सको तुलनामा ठूलो मात्र नभइ अझ बढी रेजोल्यूशन दिने क्षमता रहेको छ ।

रेनोटू एफमा ४ हजार एमएएच क्षमताको शक्तिशाली ब्याट्री जडान गरिएकाे छ । यसमा ६.५ईञ्चको मल्टि(टच, ३९४ पीपीआईमा २३४०८१०८० पिक्सेल क्यापेसिटिभ स्क्रिनको ब्यवस्था भएको कम्पनीले जनाएको  हाे ।

यसरी, उक्त  मोडलको नेपाली बजार मूल्य ४६ हजार ९ सय ९० रुपैयाँ रहेको छ भने  लेक ग्रिन र स्काई ह्वाइट गरी दुई  रंगमा सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.