उर्जा मन्त्रालयलाई उत्कृष्ट मन्त्रालय बनाउने मन्त्री पुनको प्रतिबद्धता

  २०७६ भदौ १ गते १६:४५     विकासन्युज

काठमाडाैं । उर्जा जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले उर्जा मन्त्रालयलाई देशको उत्कृष्ट मन्त्रालय बनाउने प्रतिबद्धता जनाएका छन् । नेपाल विद्युत प्राधिकरणको ३४ औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री पुनले मन्त्रालयको कुशल नेतृत्व गर्दै अन्य मन्त्रालय भन्दा उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयलाई उत्कृष्ट मन्त्रालय बनाउने योजनामा आफु रहेको बताएका हुन् ।

पछिल्लो समय नेपाल विद्युत प्राधिकरणले गरेको उल्लेख्य प्रगतिको प्रशंसा गर्दै उनले आफु मातहतका अन्य निकायलाई पनि काममा तिव्रता र सन्तुलन ल्याउन भूमिका खेल्ने बताए । मन्त्रालय सँगै प्राधिकरणलाई पनि देशको एक नम्बर संस्थान बनाउने प्रतिवद्धता गर्दै उनले कुशल नेतृत्वका कारण प्राधिकरणले उल्लेख्य प्रगति हाँसिल गर्न सफल भएको बताए ।

तीन वर्ष भित्र देशका हरेक क्षेत्र तथा ठाउँहरुमा विद्युतिकरण गर्ने बताउँदै उनले हिजोको दिनमा प्राविधकरण मागेको ठाउँमा उर्जा उपलब्ध गर्न सक्ने अवस्थामा पुगेको बताए । वर्तमान नेतृत्वको प्राधिकरणको तीन वर्षे कार्यकालले उल्लेख्य सुधार गरेको बताउँदै मन्त्री पुनले अझैपनि देशलाई लोडसेडिङमुक्त बनाउन र लक्षित गरेको कामलाई कार्यान्वयन गर्न चुनौति रहेको उल्लेख गरे । उनले यो वर्ष समग्र देश र उर्जा क्षेत्रका लागि गौरवपूर्ण वर्षका रुपमा लिनु पर्ने बताए ।

कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगतका वर्षहरु भन्दा यो वर्ष निकै सुखद र उपलब्धिमुलक वर्षका रुपमा रहेको बताए । प्राधिकरणले आर्थिक वर्ष २०७५/०७६ मा ७ अर्ब २० करोड रुपैयाँ मुनाफा गरेको बताउँदै उनले आर्थिक वर्ष २०७४/०७५ भन्दा १४९ प्रतिशतले बढि खुद मुनाफा गरेको बताए । विद्युत चुहावट १५.३२ प्रतिशतमा झार्न सफल भएको उल्लेख गर्दै उनले यो प्रगति सबै कर्मचारीहरुको अथक प्रयासले सम्भव भएको बताए ।

कार्यक्रममा कार्य सम्पादनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै विभिन्न १५ जनालाई सम्मानित तथा पुरस्कृत गरेको थियो भने काम समयमै सम्पन्न गर्ने ,उर्जा वितरण तथा प्रसारण २८ वटा संस्थाहरुलाई कदर पत्र वितरण  गरेको थियो । कार्यक्रममा अन्य वक्ताहरुले पनि विद्युत प्राधिकरणको कामको प्रशंसा गदै अझै देशलाई विद्युतिकरण गर्न चुनौती रहेको स्मरण गराए । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७५/०७६ मा ३ करोड ४७ लाख युनिट विद्युत निर्यात गरेको बताएको छ । प्राधिकरणले गत आवमा छिमेकी देश भारतमा उक्त युनिटको विद्युत निर्यात गरेको बताएको हो । विद्युत निर्यात ३२ करोड रहेको जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.