शैक्षिक सत्र २०७७ देखी बिए चार बर्षेको हुने

  २०७६ साउन २८ गते १०:१६     विकासन्युज

काठमाडौं। त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायको विद्यापरिषदले शैक्षिक सत्र २०७७ देखी स्नातक तहलाई चारबर्षेको बनाउने निर्णय गरेको छ। आईतबार बसेको बैठले यहि शैक्षिक सत्रदेखि चारबर्षे स्नातक तहको पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो ।

यससँगै बैठकले चारवर्षे स्नातक तहको नयाँ पाठ्यक्रमको स्वीकृति समेत गरेको छ । विद्यापरिषदको उक्त बैठकलाई सम्बोधन गर्नुहुदै त्रिविका रजिष्टार डिल्लीराम उप्रेतीले त्रिभुवन विश्वविद्यालयले बहुउद्देश्यीय र वहुविषयगत पाठ्यक्रमहरु निर्माण गर्दै समाजका सम्पूर्ण माग एवं आवश्यकताहरुलाई सम्वोधन गनुपर्ने धारणा व्यक्त गरे।

एक्काइसौ शताब्दीको उच्चशिक्षाले समाजका विविधपक्षहरुलाई सम्वोधन गर्नुपर्ने भन्दै उनले विषयसमिति लगायतका सम्वन्धित क्षेत्रमा पर्याप्त प्राज्ञिक बहस एवम् चिन्तन हुनुपर्ने बताएका थिए। विद्यापरिषदमा आएका प्रस्तावका बारेमा केही संस्थागत अस्पष्टता देखिएकोले नियम संशोधन गरेरै क्षेत्राधिकारको बारेमा स्पष्टता पारिने उनले बताए।

कार्यक्रमलाई सम्वोधन गर्दै मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डीन प्रा.डा शिवलाल भुषालले निर्णयका विषयम विद्यापरिषद्का सदस्यहरुले उठाएको जिज्ञासाहरुलाई सम्वोधन गर्दै चारवर्षे स्नातक तहलाई व्यवस्थित पार्न सम्पूर्ण प्राज्ञिक समुदायहरुको महत्वपूर्ण सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.