२०७६ जेठ ५ गते १८:०० विकासन्युज
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत समीट माइक्रोफाइनान्स वित्तीय संस्थाको नाम परिवर्तन भएको छ । माइक्रोफाइनान्सले आफ्नो संस्थाको नाम परिर्वतन गरी समीट लघुवित्त वित्तीय संस्थाको नामबाट सेयर लगायत सम्पूर्ण कारोबार शुरु गर्ने भएको छ ।
नाम परिवर्तन भएपनि संस्थाको स्टक सिम्बोल भने पहिलेकै हुने भएको छ । यसअघि संस्थाले स्टक सिम्बोल ‘एसएमएफडीबी’ बाट सेयर कारोबार गर्दै आएको थियाे ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.