२०७५ पुष ३० गते ११:४६ विकासन्युज
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको साधारण सभाले बोनश शेयर तथा नगद लाभांश पारित गरेको छ । काठमाडौंमा सम्पन्न सस्थाको सातौं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ४ प्रतिशतले बोनश शेयर जारी गर्ने र ३.८९४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
सो पश्चात कायम हुने जारी तथा चुक्ता पूँजी रु. ११ करोड ४१ लाख १४ हजारको १०० प्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारितसँगै आर्थिक वर्ष ०७५/०७६ का लागि लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गरेको छ ।
सिभिल बैंकको सहायक कम्पनीको रुपमा रहेको यस वित्तीय संस्थाको २०७५ साल मंसिर मसान्त सम्म कूल सदस्य संख्या १९ हजार ९ सय, लगानीमा रहेको कर्जा रकम रु. ६७ करोड १४ लाख छ । हाल संस्थाले ३५ वटा शाखा कार्यालयहरु मार्फत २३ जिल्लामा लघुवित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.