२०७५ पुष १७ गते १८:३२ विकासन्युज
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो नयाँ शाखा रोल्पाको सुलीचौरमा विस्तार गरेको छ । उक्त विस्तारित शाखाको उद्घाटन बैंकका संचालक अच्युतप्रसाद प्रसाई तथा सुनील स्मृति गाउँपालिकाका अध्यक्ष गुनेन्द्र घर्तीले संयुक्त रुपमा गरेका छन् ।
बैंकले देशभर शाखा संजार विस्तार गरी सबैमा बैंकिङ् सुविधाको पहुँच पुर्याउने लक्ष्य सहित उक्त स्थानमा नयाँ शाखा विस्तार गरेको हो ।
हालसम्म बैंकले सातवटै प्रदेशमा गरि शाखा संख्या ७७, तथा २३ वटा एटीएम मार्फत सम्पूर्ण बैंकिङ् सेवा दिँदै आइरहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.