नुवाकोटको नाटेश्वरी रोडाढुङ्गा उद्योग सञ्चालनमा रोक नलगाउन आदेश

  २०७५ कार्तिक २५ गते १७:४१     विकासन्युज

काठमाडौं । उच्च अदालत पाटनले नुवाकोटको नाटेश्वरी रोडा ढुङ्गा उद्योग सञ्चालनमा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश मोहम्मद साविर हुसैन र विष्णुप्रसाद कोइरालाको संयुुक्त इजलासले अाइतबार भूकम्पपीडितको आवास पुनःनिर्माणमा समेत असर पर्ने हुनाले सो उद्योग सञ्चालनमा रोक नलगाउन जिल्ला प्रशासन कार्यालय, नुवाकोटको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, “खानी सञ्चालन तत्काल रोक लगाउँदा भूकम्पपीडित समेतलाई नकारात्मक असर पर्नसक्ने देखिएकाले मुद्दाको अन्तिम किनारा नलाग्दासम्म सो उद्योग सञ्चालनमा रोक नलगाउनु ।”

अधिवक्ता हुतराज कोइरालाले सो उद्योग सञ्चालनमा रोक लगाउँदा भूकम्पपीडितको आवास निर्माणमा कठिनाइ हुने उल्लेख गर्दै उद्योग सञ्चालनमा रोक लगाउने जिल्ला प्रशासनको निर्णय रोक्न अन्तरिम आदेशको माग गरिएको थियो ।

आदेशमा इजाजत लिएर सञ्चालनमा आएको सो उद्योगले खासगरी नुवाकोटको लिखु, पद्मकन्या र शिवपुरी गाउँपालिकाका भूकम्पपीडितलाई आवास निर्माणका लागि सहुलियत दरमा रोडा, ढुङ्गा र बालुवा दिने उद्देश्य भएकाले पनि रोक लगाउनुपर्ने नदेखिएको उल्लेख छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.