प्रभु बैंकको म्याग्दीमा थप २ शाखा कार्यालय

  २०७५ साउन १६ गते १७:२६     विकासन्युज

काठमाडौं । प्रभु बैंक लिमिटेडले थप दुई नयाँ शाखा विस्तार गरेको छ । बैंकले म्याग्दीको अन्नपूर्ण र मंगला गाउँपालिकामा नयाँ शाखा कार्यालयहरु विस्तार गरी सञ्चालनमा ल्याएको हो ।

सो मध्ये अन्नपूर्ण शाखाको उद्घाटन सोही गाउँपालिकाका वडाअध्यक्ष कृष्णप्रसाद बरुवालले गरेका छन् । त्यसैगरी, मंगला शाखाको उद्घाटन सोही गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले गरेका हुन् ।

यी दुई शाखाबाट म्याग्दी जिल्लाका स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनीतथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् । साथै, दुवै गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.