२०७५ साउन १ गते १६:१५ विकासन्युज
काठमाडौं । नबिल बैंकले विभिन्न ग्रामिण नगरपालिकाहरुमा स्थापना भएका आफ्नो थप १२ नयाँ शाखाहरुको आधिकारिक उद्घाटन गरेको छ । सो शाखाहरु प्रदेश नं. ५, कर्णाली प्रदेश, प्रदेश नं ७ स्थित निम्न लिखित स्थानहरुमा रहेका छन् ।
मंगलबार एक औपचारिक कार्यक्रमबीच अर्थमन्त्री डा.युवराज खतिवडाले सोे मात्राको शाखाको इलेक्ट्रनिक उद्घाटन गरेका छन् । कार्यक्रममा नबिल बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले यी विकट गाँउपालिकाहरुमा १२ नयाँ शाखाहरुबाट सेवा प्रदान गर्न पाउँदा खुशी लागेको बताएका छन् । बैंकले एक स्थानीय तहमा एउटा वाणिज्य बैंकको शाखा होस् भन्ने भावनाले ती ठाउँमा बैंकले ग्राहक सुविधा उपलब्धताको लागि शाखा संचालनमा ल्याएको उनले बताए ।
बैंकको थप नयाँ शाखाहरुबाट ग्राहकहरुले सम्पूर्ण बैंकिङ्ग सुबिधाहरु प्राप्त गर्न सक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले जानकारी दिएका छन् । बैंकले समाजका विभिन्न तह र तप्काका बढि भन्दा बढि ग्राहकहरुलाई उपलब्ध गराउने उद्देश्य अनुरुप देशका विभिन्न ठाउँमा आफ्नो शाखा कार्यालयको संजाल बढाउदै लगिरहेको उनले बताए ।
बैंकले हाल ७४ वटा शाखा, ११५ वटा एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका मार्फत् सेवा प्रदान गर्दै आएको छ ।
बैंकको नयाँ शाखा
Copyright © 2024 Bikash Media Pvt. Ltd.