२०७५ असार ३२ गते १४:२९ विकासन्युज
काठमाडौं । ३१–२०५ औँ भानु जयन्तीको अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा आयोजित हिम्वत् खण्ड कला साहित्य सम्मेलन २०७५ समापन भएको छ ।
चन्द्रागिरि हिल्स लिमिटेडको बहुउद्देश्यीय हलमा आयोजित एक विशेष कार्यक्रममा सातै प्रदेश एवम् विदेशबाट प्रतिनिधित्व गर्दै आएका स्रष्टाहरुले कविता मार्फत समृद्धिका स्वर उचालेका थिए । उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले दश हरफको सुन्दर कविता चन्द्रागिरि पर्वतमा अवस्थित भालेश्वर महादेवको मन्दिर परिसरमा सिर्जना गरि कार्यक्रममा बाचन गरेका थिए ।
कार्यक्रमलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मीक, राजनितिक एवम् ऐतिहासिक महत्व बोकेको यस एकिकृत पर्यटकिय गन्तव्य चन्द्रागिरि पर्वतबाट स्रष्टाहरुले उचालेको समृद्धिको स्वरमा आफ्नो ऐक्यवद्धता जनाएका छन् । उनले नेपालमा औषधिय गुण बोकेकाअ पार जडिबुटी र असंख्य जैविक विविधता विद्यमान रहेकाले समृद्धि सम्भव रहेको कुरा समेत उल्लेख गरेका छन् ।
उक्त कार्यक्रममा हिमवत् खण्ड अन्र्तगतका २४ राष्ट्रका स्रष्टाहरुको सहभागी रहेको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.