२०८१ जेठ २८ गते १५:०१ विकासन्युज
काठमाडौं । प्रहरीले तत्कालीन सेन्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ८ जनालाई काठमाडाैंकाे विभिन्न ठाउँबाट पक्राउ गरेकाे हाे ।
सीआईबीले श्रेष्ठसँगै सुनिलकुमार न्यौपाने, प्रा.डा गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाललाई पक्राउ गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले) कम मूल्यको धितो राखेर बढी कर्जा प्रवाह गरेको भन्दै त्यसमा संलग्न भएको आरोपमा ८ जनालाई पक्राउ गरेको हो । यसअघि साेही प्रकरणमा मनाेज न्याैपाने र तुलसी गाैतमसहित १० जना बैंकर पक्राउ भएका थिए ।
यसअघि गौतम र न्यौपानेसहित तत्कालीन सेञ्चुरी बैंकका कर्मचारीहरू राजेश भण्डारी, दिलिप बराल, सुबास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेत पक्राउ परेका थिए ।
बैंकले धितोको मूल्यांकनभन्दा ९७ करोड ४१ लाख रुपैयाँ बढी कर्जा प्रवाह गरेको भन्दै सीआईबीले तत्कालीन सेञ्चुरीका सीईओ तथा हाल प्रभु बैंकका वरिष्ठ डीसीईओ मनोज न्यौपान र तत्कालीन सेञ्चुरी बैंकका सीईओ तुलसीराम गाैतमसहित १० जना बैंकरलाई पक्राउ गरेको थियो ।
पछि उनीहरु हाजिरी जमानीमा छुटेका थिए। सो विषयमा अहिले पनि अनुसन्धान भइरहेको छ । अहिले सीआईबीले सञ्चालकलाई पक्राउ गरेको हो ।
सम्बन्धित सामग्री : निर्णयकर्तालाई उन्मुक्ति, फाइल बोक्ने हातमा हतकडी
Copyright © 2025 Bikash Media Pvt. Ltd.