थाइ एयरवेजले नेपालमा पुनः सुरु गर्‍यो उडान

  २०८१ जेठ १० गते १७:१८     विकासन्युज

काठमाडौं । थाइल्याण्डको ध्वजावाहक एयरलाइन्स कम्पनी थाई एयरवेजले नेपालमा आफ्नो सेवा पुनः सुरु गरेको छ । कम्पनीले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै औपचारिकरूपमा सेवा सुरु गरेको जानकारी दिएको हो ।

थाई एयरवेजले सुन् १९६८ मा बैंककदेखि कलकत्ता-काठमाडौं उडानमार्फत नेपालमा आफ्नो वायुसेवा सुरु गरेको थियो । कोभिड महामारीका कारण मार्च २०२२ मा थाई एयरवेजकाे उडान रोकिएको थियो ।

थाई एयरवेजले २०२३ अक्टोबर २९ मा सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसलाई नेपालको लागि जेनरल सेल्स एजेन्टको रूपमा नियुक्त गरेर आफ्नो सेवा फेरि सञ्चालन गरेको थियो । हाल एयरवेजले नेपालमा एयरबस ३२० न्यारो बडी एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ ।

थाई एयरवेजका डिरेक्टर अफ सेल्स खुन विट किचाथोर्नले भने, ‘काठमाडौं र बैंककबीचको उडान सेवा पुनः सुरु भएको घोषणा गर्न पाउनु हाम्रो लागि सौभाग्य हाे, यो सेवाले नेपाललाई थाइल्याण्डलगायत विश्वका ३० अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्नेछ, हामीले सन् १९६८ मा नेपालका लागि पहिलो पटक सेवा सुरु गरेदेखि नै हाम्रो यात्रा सांस्कृतिक र आर्थिक आदान–प्रदानलाई प्रवर्द्धन गर्ने एउटा माध्यम बनेको छ र हामी यो महत्त्वपूर्ण सम्बन्ध पुनः सुरु गर्न पाउँदा खुसी छौँ ।’ उनले विगत ५६ वर्षदेखि नेपालमा सेवा दिएको बताए ।

हाल थाई एयरवेजले ६० भन्दा बढी गन्तव्यहरूमा एयरबस ३२० न्यारोबडी एयरक्राफ्ट, ७७७ एयरक्राफ्ट, ड्रिमलाइनर ७८७, र एयरबस ३५० एयरक्राफ्टहरू सञ्चालन गर्दै आएको छ । यी विमानहरू आरामदायी सिटको लागि प्रसिद्ध छन् ।

हाल थाई एयरवेजसँग कुल ७३ विमान छन्, जुसले औसतमा दैनिक १२.८ घण्टा उडान भर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.