सीएफ मोटोको टेस्ट ड्राइभ तथा बुकिङ खुला

  २०८१ जेठ १० गते १६:१७     विकासन्युज

काठमाडौं । दुई पांग्रे ब्रान्ड सीएफ मोटो तथा जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक रिलायन्स ग्रुपअन्तर्गतको ऋषि ट्रेड सेन्टरले विभिन्न मोडलहरू सार्वजनिक गरेसँगै टेस्ट ड्राइभ तथा बुकिङ खुल्ला गरेको छ ।

सीएफ मोटाको एनके२५०, एसआर२५०, एनके४५० तथा जीहोको एई६एलआर (डबल ब्याट्री) र सिटी स्पोर्टस मोडलहरू सार्वजनिक गरेसँगै टेस्ट ड्राइभ तथा बुकिङ खुल्ला गरेको हो ।

सीएफ मोटोको उत्पादनलाई बिक्री, सहज स्पेयर पार्टसको उपलब्धता, बिक्रीपछिको सेवा र ग्राहकलाई सहज सेवा सुविधा दिने हेतुले रिलायन्स ग्रुप सीएफ मोटो तथा जीहोको नयाँ आधिकारिक विक्रेताका रूपमा छनोट भएको हो ।

यी उत्पादनहरूको टेस्ट ड्राइभ तथा बुकिङ कम्पनीको नक्साल, झम्सीखेल तथा सल्लाघारीस्थित आधिकारिक शोरुममा गर्न सकिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.