रारा जाँदै गरेको जिप दुर्घटना हुँदा विद्यार्थी र शिक्षकसहित १२ जना घाइते

  २०८१ जेठ १० गते १५:१४     विकासन्युज

मुगु । बाजुराबाट रारातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

बिहीबार बाजुराको हिमाली गाउँपालिका–५ कोल्टिमा रहेको भवानी माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई रारा घुमाउन ल्याउँदै गरेको ग१ज ८२४९ नम्बरको जिप मुगुको खत्याड गाउँपालिका वडा–२ जाम हिलटप भन्ने स्थानमा दुर्घटना भएको थियो।

दुर्घटनामा चालक सहित १२ जना घाइते भएका हुन् । घाइते हुनेहरुमा नौं जना विद्यार्थी, दुई जना शिक्षक र चालक छन् ।

घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले जानकारी दिए । घाइते चालक लालबहादुर भण्डारीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको पनि प्रहरिले जनाएको छ ।

उनका अनुसार अरु सबैको अवस्था सामान्य रहेको छ । जिप सडकबाट २५ मिटर तल खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.