हिम पर्वत हाइड्रोपावरले आइपीओ जारी गर्ने, डाक्यो विशेष साधारण सभा

  २०८१ जेठ १० गते १२:३४     विकासन्युज

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीको जेठ ७ गते बसेको सञ्चालक समिति बैठकले आईपीओ जारी गर्ने प्रस्तावसहित जेठ २७ गते विशेष साधारण सभा डाकेको छ । सभा कम्पनीको मुख्य कार्यालय डब्लुटीसी, त्रिपुरेश्वरमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेस गर्नेछ । यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा पनि छलफल हुने कम्पनीले जनाएको छ ।

त्यसैगरी, अग्राधिकार सेयरलाई साधारण सेयरमा परिणत गर्ने एजेन्डा पनि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.