सम्पदा र संस्कृतिलाई पुरानो शैलीमा लैजाँदा व्यापार व्यवसाय झनै बढ्छ ः बालेन

  २०८१ जेठ १० गते ११:५०     विकासन्युज

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंको थायमरुस्थित रत्नकेतु महाविहार पुनर्निर्माण उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मेयर साहले काठमाडौं उपत्यकामा सम्पदाहरूको पुनर्निर्माण गर्दा पुरानो शैलीलाई नै महत्व दिएर बनाउनुपर्नेमा जोड दिए ।

उनले पुरानो शैलीमा सम्पदाहरूको पुनर्निर्माण गर्दा व्यापार व्यवसाय घट्ने नभइ झनै बढेर जाने बताए । उनले सभ्यता बढेपछि व्यापार र जीवनशैली बढ्ने बताए । महानगरपालिका भित्रका सम्पदा पुनर्निर्माणका लागि महानगर जहिल्यै सहयोग गर्न तयार रहेको उनकाे भनाइ छ ।

उनले भने, ‘महाविहार बनाउँदा वडाध्यक्षहरूलाई सबै बजेट एकैपटक माग्दा आउँदैन कि भन्ने जस्तो लाग्दो रहेछ, म सधैँ भन्छु, एकै पटक सबै माग्नुस्, एकै पटक यो पनि बनाएको भए हुन्थ्यो, सिंह, सत्तल पनि एकै पटक बनाएको भए हुन्थ्यो, सत्तल पनि पुरानो शैलीमा बन्नुपर्छ, हाम्रो सम्पदा र संस्कृतिलाई पुरानो शैलीमा लैजाँदा हाम्रो केही व्यापार व्यवसाय घट्ने होइन, झनै बढ्ने हो, हाम्रो सभ्यता बढेपछि व्यापार पनि बढ्छ , सबैको इज्जत पनि बढ्छ, त्यसका लागि महानगरपालिका सहयोग गर्न तयार छ ।’

मेयर साहले सम्पदा पुनःनिर्माणका लागि आवश्यक बजेट एकैपटक माग्न पनि वडा अध्यक्षहरुसँग आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.