गृहमन्त्री लामिछानेको सहकारी प्रकरणमा संसदीय छानबिन समिति बन्नैपर्नै अडान

  २०८१ वैशाख २८ गते १३:४८     विकासन्युज

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानको सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन नभए संसद बैठक चल्न नदिने अडान कायमै राखेको छ ।

शुक्रबार नयाँ बानेश्वरस्थित संघीय ससद भवनको ल्होत्से हलमा सम्पन्न पार्टी संसदयीय दलको बैठकले उपप्रधानमन्त्री लामिछानेको सहकारी गठीको विषय थप पुष्टि भएको दाबी गर्दै त्यसको छानबिनका लागि सरकार र सत्तापक्ष सहमत नभए संसद बैठक चल्न दिन नसकिने पुरानै अडान यथावत राखेको हो । आजबाट बजेट अधिवेशन सुरु हुदैछ । तर काँग्रेसले भने आफूहरुको उपप्रधामन्त्री लामिछानेको सहकारी ठगी प्रकरण आधारभुत र अनिवार्य माग बनिसकेकाले त्यसको सम्बोधन नभई सदन अघि बढाउन नसकिने निर्णय संसदीय दलको बैठकले गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

उनले त्यसलाई सम्बोधन गर्न तयार भएन र सदनको बैठक प्रभावित भएभने त्यसको जिम्मा सरकारले लिनुपर्ने चेतावनी समेत दिए । यदि त्यो कुरा गर्नका लागि सरकार सकारात्मक भएन संसद बैठक चल्न नसक्ने भएकोले त्यसको जिम्मेवारी सरकारले आफैँले लिनुपर्ने प्रमुख सचेतक लेखकको भनाई थियो ।

बैठकले सहकारी प्रकरणमा उपप्रधानमन्त्री लामिछानेको संलग्नताबारे छानबिन गर्न नदिन सरकारले महान्यायाधिवक्ताको कार्यालयलाई समेत प्रभावित पार्ने काम गरेको भन्दै आपत्ति समेत जनाएको छ । त्यस्ता खालको गतिविधि तत्काल बन्द गर्नसरकारलाई चेतावनी दिइएको प्रमुख सचेतक लेखकले बताए ।

नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणका छानविन गर्ने काममा सरकारलाई जिम्मेवार बन्न पनि पटक पटक सचेत गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.