‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’ का लागि आवेदन माग

  २०८१ वैशाख २८ गते १३:०४     विकासन्युज

काठमाडौं । स्वास्थ्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन गर्ने कार्यमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई ‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’ दिने भएको छ ।

मन्त्रालयले शुक्रबार एक सूचना जारी गरेर पुरस्कार दिने घोषणा गरेको हो ।

आगामी मे ३१ तारिख दिन मनाइने विश्व धुम्रपानरहित दिवसको अवसर पारेर सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणमा योगदान गर्ने व्यक्ति तथा संस्थाले मन्त्रालयको कर कोष सचिवालयमा आवेदन पेस गर्नुपर्ने छ ।

पुरस्कारका आकांक्षीले आगामी ६ जेठ भित्र आवेदन पेस गरिसक्नुपर्ने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.