कोशी प्रदेशका मुख्यमन्त्री कार्की सर्वोच्च अदालतमा

  २०८१ वैशाख २७ गते १२:५१     विकासन्युज

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सर्वोच्च अदालतमा पुगेका छन् । बिहीबार बिहान कोशी प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि गरेको आह्वान असंवैधानिक रहेको भन्दै रिट निवेदन लिएर सर्वोच्च पुगेका हुन् ।

उनको रिट निवेदनमा अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई रोक्न माग गरिएको छ । उनले कोशीको मुख्यमन्त्रीमा आफूलाई नै निरन्तरता दिनसमेत माग गरेका छन् ।

कार्कीको रिट निवेदन आइपुगे पनि त्यसमाथि अध्ययन भइरहेकाले दर्ता हुन बाँकी रहेको सर्वोच्च प्रशासन स्रोतले बताएको छ ।

उता भने कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेस गरेका छन् । उनले ५२ सांसदको समर्थनसहित आफ्नो दाबी पेस गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.