एक्कासि बढ्यो गर्मी (फोटोफिचर)

  २०८१ वैशाख १० गते १२:४५     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यका सहित देशका धेरै ठाउँमा गर्मी बढेको छ । काठमाडौंको तापक्रम दुइ चार दिन यता ३१/३२ डिग्री सेल्सियससम्म पुगेको छ भने तराईका जिल्लामा ४०/४२ डिग्री सेल्सियससम्म पुगेको छ ।

काठमाडौंको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ । बढ्दो गर्मी को कारणले वायुमा पनि असर गरि तातो हावा चलिरहेको छ । तातो हावाले वायु प्रदुषण हुने र यसले बालबालिका, वृद्धवृद्धा र विरामीको श्वास प्रश्वासमा असर गर्ने चिकित्सकहरु बताउँछन् ।

गर्मीको बेला शरीरमा पानीको अभाव हुँदा स्वास्थ्य समस्या देखिने र डिहाइड्रेशन समेत हुनसक्ने चिकित्सकहरु बताउँछन् । गर्मीको समयमा पानीसँगै प्रशस्त पानी पाइने फलफूल र तरकारी खाने तथा प्रशस्त पानि पाइने फलफुल खर्बुजा, मेवा, गोलभेडा, मुला, गाजर जस्ता शरीरलाई शीतल दिने फलफूल र तरकारी खानु पर्ने विज्ञहरुको सुझाव छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.