२४ वर्षमा चन्द्रागिरि साकोस, बचत र लगानीको सुरक्षा लिने

  २०८१ वैशाख ६ गते १३:३४     विकासन्युज

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेड (चन्द्रागिरि साकोस)ले बिहीबार आफ्नो स्थापनाको २३औं वर्ष पुरा गरी २४ औं वर्षमा प्रवेश गरेको छ ।

चन्द्रागिरि साकोसले सहकारी क्षेत्रको छवि धमिलो हुँदै गइरहेको वर्तमान अवस्थामा आफ्नो सवल वित्तीय अवस्था, गुणस्तरीय सेवा र सदस्य सुविधाका विभिन्न कार्यक्रमहरुद्वारा संस्थाले बेग्लै पहिचान बनाउन सफल भएको जनाएको छ ।

वर्तमान अवस्थामा संस्थाको सदस्यता वृद्धि, बचत वृद्धि, न्यून ब्याजदरमा ऋण लगानी, निरन्तर सदस्य शिक्षा तथा विस्तारित मञ्चहरु सञ्चालन र सदस्यहरुका धेरै सफलताहरु निर्माण गर्दै अगाडि बढ्नुले संस्थाको सक्रियता र सदस्य केन्द्रीयतालाई पुष्टी गरेको छ ।

सहकारीको मूल्य र सिद्धान्त एवं सहकारी ऐन, नियमावली तथा मापदण्ड र निर्देशनहरुको परिपालनामा सदैव प्रतिवद्ध रही संस्था सञ्चालन हुनुले सहकारीमा सुशासकीय र वैधानिक उत्तरदायित्व परिपालनामा सम्झौता रहित कार्यान्वयन पक्षको उजागर गरेको संस्थाको भनाइ छ ।

संस्थाका अनुसार २५ जना व्यक्ति र २५ हजार पुँजी संकलनबाट स्थापना भएको यस संस्था आज २० हजार ३८४ जना सदस्यहरुको ढुकढुकी बन्न र तीन अर्ब ५१ करोड रकम परिचालन मार्फत सदस्यहरुको वित्तीय आवश्यकता पुरा गर्न सफल भएको छ ।

संस्थाले व्यालेन्ससिट भन्दा सदस्यहरुको ब्यालेन्ससिट बढाउने, वित्तीय कल्याण मार्फत सदस्यहरुको जीवनयापनलाई सहज र सुव्यवस्थित बनाउने, बचत सँगसँगै सदस्यको खुसी र समृद्धि पनि वृद्धि गर्ने नै संस्थाको अबको लक्ष्य हुने प्रतिबद्धता जनाएको छ ।

त्यसैगरी, अर्थतन्त्रमा थपिएका नयाँ नयाँ चुनौतीले सृजना गरेका कठिनाईहरु होस् या सहकारी अभियान भित्र सृजना भएका नयाँ अवरोधहरु, यस संस्था सदैव एक असल सहकारी संस्था र सदस्यहरुको सारथी बन्ने अठोट संस्थाले गरेको छ ।

संस्थाले उत्कृष्ट व्यवस्थापन, गुणस्तरीय सेवा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरुको पूर्ण पालना मार्फत सदस्यहरुको बचत र लगानीको पूर्ण सुरक्षाको ग्यारेन्टी पनि गरेको छ । साथै, संस्थाप्रति दर्शाएको विश्वास र भरोसालाई डगमगाउ नदिने पनि प्रतिवद्धता व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.