संसारका ३० ठूला कम्पनीका सीईओ सबै भारतीय

  २०८१ वैशाख ५ गते १७:२९     विकासन्युज

काठमाडौं । अर्बौं डलर बजार पुँजीकरण (मार्केट क्याप) भएका संसारका ठूला ३० कम्पनीमा एउटा समान विशेषता छ । त्यो विशेषता के होला ?

ती सबै कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सम्हाल्नेमा सम्भवतः सबै भारतीय नागरिक छन् ।

माइक्रोसफ्टदेखि मर्निङस्टार जस्ता ती सबै ठूला कम्पनीको व्यवस्थापकीय जिम्मेवारी भारतीयले हाँकिरहेका छन् ।

भारतीयले संसारका ठूला कम्पनीमा व्यवस्थापकीय अधिपत्य जमाइरहेका छन् । त्यस्ता कम्पनीमा सूचना प्रविधिदेखि औषधी, घरजग्गा, विद्युतीय सामग्री हुँदै ऊर्जा र फास्टफुडसम्म छन् ।

पछिल्लो तथ्यांक अनुसार मार्केट क्यापमा पहिलो स्थानमा रहेको माइक्रोसफ्टको सीईओमा भारतका सत्य नाडेला छन् । माइक्रोसफ्टको मार्केट क्याप १९ खर्ब २० अर्ब अमेरिकी डलर बराबर छ ।

दोस्रो स्थानमा रहेको अल्फाबेट (गुगल) को मार्केट क्याप १२ खर्ब ९ अर्ब डलर छ । यसका सीईओ भारतकै सुन्दर पिचाइ हुन् ।

तेस्रो स्थानमा रहेको नोभार्टिसको सीईओ बसन्त नरसिंहा छन् । नोभार्टिसको मार्केट क्याप १ खर्ब ८२ अर्ब डलर बराबर छ ।

चाैथाे स्थानमा एडाेभ कम्पनी रहेकाे छ । एडाेभकाे माकेर्ट क्याप १ खर्ब ६३ अर्ब रहेकाे छ । यस कम्पनीका सीसीईओ सान्तनु नारायण छन्र ।

यस्तै पाँचाैं स्थानमा रहेको आइबीएमको सीईओमा भारतका अरविन्द कृष्णा छन् । आइबीएमको मार्केट क्याप १ खर्ब २२ अर्ब डलर बराबर छ ।

छैठौं स्थानमा रहेको स्टारबक्स (कफी हाउस) कम्पनीको मार्केट क्याप १ खर्ब १८ अर्ब डलर रहेको छ । कम्पनीको सीईओमा पनि भारतका लक्ष्मण नरसिंहा छन् ।

यसैगरी सातौं स्थानमा भर्टेक्स फार्मास्यूटिकल्स रहेको छ । यो कम्पनीका सीईओ रेशमा केवलरमानी हुन् । भर्टेक्स फार्मास्यूटिकल्सको मार्केट क्याप ७५ अर्ब डलर रहेको छ ।

आठौं स्थानमा रहेको माइक्रोन टेक्नोलोजी डायनामिक र्यान्डम९एक्सेस मेमोरी फ्ल्यास ड्राइभहरू र यूएबी फ्ल्यास ड्राइभसहित कम्प्युटर मेमोरी र कम्प्युटर डाटा भण्डारणको अमेरिकी निर्माता कम्पनी हो। यस कम्पनीको मार्केट क्याप ६४ अर्ब डलर रहेको छ भने यस कम्पनीको सीईओका रूपमा सञ्जय मल्होत्राले काम गरिरहेका छन् ।

यस्तै नवौं स्थानमा रहेको क्याडेन्स डिजाइन सिस्टम्सको मार्केट क्याप ५३ अर्ब डलर रहेको छ । यो कम्पनीका सीईओ अनिरुध देवगन हुन् । यो एक अमेरिकी बहुराष्ट्रिय प्रविधि र कम्प्युटेसनल सफ्टवेयर कम्पनी हो ।यो कम्पनीको मुख्यालय सान होस क्यालिफोर्नियामा छ ।

१०औं नम्बरमा पालो अल्टो नेटवर्क्स इन्कर्पोरेटेड रहेको छ । सान्ता क्लारा क्यालिफोर्नियामा मुख्यालय रहेको यो अमेरिकी बहुराष्ट्रिय साइबरसुरक्षा कम्पनी हो। यस कम्पनीको मार्केट क्याप ५१ अर्ब डलर रहेको छ । यस कम्पनीका सीईओ भारतका निकेश अरोरा रहेका छन् ।

११औं नम्बरमा बीएमवेयर रहेको छ । यस कम्पनीको मार्केट क्याप ४९ अर्ब डलर रहेको छ । यो कम्पनीका सीईओका रूपमा रंगाराजन रघुराम रहेका छन् । बीएमवेयर एक अमेरिकी क्लाउड कम्प्यूटिङ र भर्चुअलाइजेशन टेक्नोलोजी कम्पनी हो ।

अमेरिकी बहुराष्ट्रिय निगम इमर्सन इलेक्ट्रिक कम्पनी १२औं स्थानमा रहेको छ । यसका सीईओ सुरेन्द्रलाल करसनभा हुन् । इमर्सन इलेक्ट्रिक कम्पनीको मार्केट क्याप ४८ अर्ब डलर रहेको छ ।

१३औं स्थानमा रहेको माइक्रोचिप टेक्नोलोजीको मार्केट क्याप ४५ अर्ब डलर रहेको छ । यो कम्पनीको सीईओको रूपमा मूर्थी रहेका छन् ।

यसैगरी १४ नम्बरमा एरिस्टा नेटवर्क रहेको छ । यो अमेरिकी कम्प्युटर नेटवर्किङ कम्पनी हो । यो कम्पनीले ठूला डाटासेन्टर, क्लाउड कम्प्युटिङ, उच्च पक्षमतायुक्त कम्प्युटिङ र उच्च फ्रिक्वेन्सी ट्रेडिङ वातावरणका लागि सफ्टवेयर९परिभाषित नेटवर्किङ प्रदान गर्न मल्टिलेयर नेटवर्क स्विचहरू डिजाइन र बिक्री गर्छ । यो कम्पनीको मार्केट क्याप ४२ अर्ब डलर रहेको छ भने यो कम्पनीका सीईओका रूपमा भारतका जयश्री उल्लाल छन् ।

१५औं नम्बरमा रियल्टी इनकम कर्पोरेशन रहेको छ । यो एक घर जग्गा लगानी ट्रस्ट हो जसले अमेरिका, स्पेन र बेलायतमा एनएनएन लीजहरूको अधीनमा रहेका फ्री-स्ट्यान्डिङ, एकल-भाडामा बस्ने व्यावसायिक सम्पत्तिहरूमा लगानी गर्छ । यसको मार्केट क्याप ४१ अर्ब डलर रहेको छ । यसका सीइओ पनि भारतीय सुमित रोय रहेका छन् ।

यस्तै १६औं नम्बरमा रहेको कम्पनी वेलटावर हो । यो कम्पनीका सीईओ शंख मित्राल हुन् । वेलटावरको मार्केट क्याप ३६ अर्ब डलर रहेको छ । यो पनि एक रियल इस्टेट लगानी ट्रस्ट कम्पनी हो ।

यसैगरी १७औें नम्बरमा इलुमिना रहेको छ । यो सान डिएगो क्यालिफोर्नियामा मुख्यालय रहेको अमेरिकी बायोटेक्नोलोजी कम्पनी हो र यसले १ सय ५५ भन्दा बढी देशमा आफ्नो सेवा प्रदान गरेको छ । यो कम्पनीको मार्केट क्याप ३३ अर्ब डलर बराबर छ । इलुमिनाको सीईओका रूपमा भारतका फ्रान्सिस डी सुजा रहेका छन् ।

१८ नम्बरमा रहेको ल्योनडेलबेसेल इन्डस्ट्रिज एक अमेरिकी बहुराष्ट्रिय रासायनिक कम्पनी हो । नेदरल्यान्डमा मुख्यालय रहेको यो कम्पनीको मार्केट क्याप ३१ अर्ब डलर बराबर छ । यो कम्पनीको सीईओ भारतका भावेस भी पटेल हुन् ।

१९औं कम्पनी एनफेज इनर्जीको मार्केट क्याप २७ अर्ब डलर रहेको छ । यो कम्पनीको सीईओमा बद्रीनारायण कोठन्दरमण रहेका छन् । यो कम्पनीले सौर्य माइक्रो-इन्भर्टर, ब्याट्री ऊर्जा भण्डारण र ईभी चार्जिङ स्टेशनहरू निर्माण गर्छ ।

२० नम्बरमा रहेको एनएसवाईएस एक अमेरिकी बहुराष्ट्रिय कम्पनी हो । यसले आफ्नो उत्पादन डिजाइन र परीक्षणका लागि सीएई-मल्टिफिजिक्स इन्जिनियर सिमुलेसन सफ्टवेयर विकास र बजारीकरण गर्ने काम गर्छ । यो कम्पनीको मार्केट क्याप २३ अर्ब डलर बराबर छ । यो कम्पनीको सीईओका रूपमा भारतकै अजेय गोपाल छन् ।

२१औं नम्बरमा हबस्पट कम्पनी रहेको छ । यो कम्पनीको मार्केट क्याप १९ अर्ब डलर बराबर छ । यो कम्पनीका सीईओ यामिनी रञ्जन हुन् । यो एक अमेरिकी विकासकर्ता र इनबाउन्ड मार्केटिङ, बिक्री र ग्राहक सेवाका लागि सफ्टवेयर उत्पादनहरूको मार्केटर हो । हबस्पट ब्रायन ह्यालिगन र धर्मेश शाहले सन् २००६ मा स्थापना गरेका थिए ।

सार्वजनिक रूपमा व्यापार गर्ने विश्लेषणात्मक प्रयोगशाला उपकरण र सफ्टवेयर कम्पनी वाटर्स कर्पोरेसन २२औं नम्बरमा छ । यो कम्पनीको मार्केट क्याप १९ अर्ब डलर बराबर छ भने यो कम्पनीका सीईओ भारतका उदित बत्रा हुन् ।

२३ नम्बरमा जस्केलर कम्पनी रहेको छ । यो कम्पनीको मार्केट क्याप १९ अर्ब डलर बराबर छ । यो कम्पनीका सीईओ जय चौधरी हुन् । यो एक क्लाउड सुरक्षा कम्पनी हो । यो कम्पनीले इन्टरप्राइज क्लाउड सुरक्षा सेवा प्रदान गर्छ ।

२४औं नम्बरमा पर्किनएल्मर कम्पनी छ । यो अमेरिकी वैश्विक निगम हो । यो कम्पनीको मार्केट क्याप १६ अर्ब डलर बराबर छ । यो कम्पनीका सीईओ प्रह्लाद सिंह हुन् ।

१४ अर्ब डलर मार्केट क्यापसहित नेटएप कम्पनी २५औं नम्बरमा छ । यस कम्पनीको सीईओ भारतीय जर्ज कुरियन हुन् । यो एक इन्टेलिजेन्ट डेटा पूर्वाधार कम्पनी हो जसले उद्यम ग्राहकहरूलाई एकीकृत डेटा भण्डारण, एकीकृत डेटा सेवा र क्लाउड सञ्चालन समाधान प्रदान गर्छ ।

२६औं नम्बरमा नर्डसन कर्पोरेसन रहेको छ । यो एक अमेरिकी बहुराष्ट्रिय निगम हो जसले उद्योग तथा उपभोक्तालाई टाँसिने, सिलेन्ट र कोटिङका लागि वितरण उपकरणहरू डिजाइन र निर्माण गर्छ । यो कम्पनीको मार्केट क्याप १४ अर्ब डलर रहेको छ भने यस कम्पनीका सीईओ सुन्दरम नागाराजन हुन् ।

अमेरिकी इन्टरनेट र टेक्नोलोजी कम्पनी म्याच ग्रुप २७औं नम्बरमा रहेको छ । यो कम्पनीको मार्केट क्याप १२ अर्ब डलर बराबर छ । यो कम्पनीका सीईओका रूपमा शर्मिष्ठा दुबे छिन् ।

२८औं नम्बरमा रहेको गोड्याड्डी एक अमेरिकी इन्टरनेट डोमेन रजिस्ट्री, डोमेन रजिस्ट्रार र वेब होस्टिङ कम्पनी हो । यो कम्पनीको मार्केट क्याप ११ अर्ब डलरबराबर छ । यस कम्पनीका सीईओका रूपमा अमनपाल भुटानी काम गर्छन् ।

यसैगरी २९औं नम्बरमा अल्बर्ट्सन्स कम्पनी रहेको छ । यो एक अमेरिकी किराना कम्पनी हो । यो अमेरिकाको दोस्रो ठूलो सुपरमार्केट चेन हो । यस कम्पनीको मार्केट क्याप ११ अर्ब डलर बराबर रहेको छ । यो कम्पनीका सीईओ भारतका विवेक शंकरन हुन् ।

३० नम्बरमा रहेको कम्पनी हो मर्निङस्टार । यो कम्पनीको मार्केट क्याप १० अर्ब डलर रहेको छ भने यस कम्पनीका सीईओ कुनाल कपुर हुन् । यस कम्पनीले लगानी र लगानी व्यवस्थापन सेवा प्रदान गर्छ ।

One comment on "संसारका ३० ठूला कम्पनीका सीईओ सबै भारतीय"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.