व्यायाम गर्न अल्छी नगरौँ : मन्त्री श्रेष्ठ

  २०८० चैत २७ गते १०:४९     विकासन्युज

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले स्वास्थ्य जीवनशैलीका लागि नियमित शारीरिक व्यायाम गर्न आग्रह गरेका छन् । मंगलबार यहाँ आयोजित एक कार्यक्रममा नियमित व्यायामबाट शारीरिक एवं मानसिक स्वास्थ्य कायम राख्न सहज हुने उनले बताए ।

‘आफ्नो शरीरका लागि केही समय छुट्याउनुभयो भने यसले स्वस्थ्य बनाउँछ । यसले हाम्रो स्वास्थ्य समस्यामात्र नभई मानसिक समस्या पनि कम गर्न मद्दत गर्छ । त्यसकारण व्यायाम गर्न अल्छी नगरौँ । साथै यस्ता जिम क्लबले खेलाडी लक्षित प्याकेजहरू बनाउनुपर्छ, यसले सामाजिक उत्तरदायित्व बहन गराउँछ’, मन्त्री श्रेष्ठले भने ।

त्यस अवसरमा मन्त्री श्रेष्ठसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाह, चलचित्र निर्देशक आशिफ शाह, चलचित्र पत्रकार सङ्घका पूर्वअध्यक्ष दिनेश सिटौलालगायत उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.