केएनपी नेरोल्याकको थप दुई नयाँ रङ सार्वजनिक

  २०८० चैत २५ गते १४:२१     विकासन्युज

काठमाडौं । जापानिज पेन्ट्स केएनपी नेरोल्याकले थप दुई नयाँ रङ सार्वजनिक गरेको छ । कम्पनीले ‘एक्सल इभरलास्ट–१२ र इम्प्रेसन इको–क्लिन सार्वजनिक गरेको हो ।

‘सुपर लक्जरी फिनिस’ र वातावरणलाई असर गर्ने कुनै रसायन नभएको र यसबाट हानीकारक गन्ध समेत नआउने यो रङ घरको भित्र लगाउन अत्यन्तै सहज हुने कम्पनीले जनाएको छ ।

‘एक्सल इभरलास्ट–१२’ एक्सटेरिअर र इम्प्रेसन इको क्लिन घरको भित्री सतहमा लगाउने इन्टेरियर रङ भएको पनि कम्पनीको भनाइ छ । यी दुबै रङमा सुपर रिच प्रपर्टिज र हानिकारक किटाणु प्रतिरोधी लगायतका थुप्रै विशेषता रहेका छन् ।

सार्वजनिक गरिएका दुई पेन्टहरुमध्ये ‘एक्सल इभरलास्ट–१२ मा १२ वर्षसम्मको वारेन्टी दिइएको छ । कुनै पनि बहुरार्राष्ट्रिय कम्पनीद्वारा नेपालमा बिक्रीवितरण हुने आफ्ना उत्पादनमा १२ वर्ष सम्मको वारेन्टी दिइएको यो पहिलो पटक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.