साना किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा

  २०८० चैत १९ गते ७:१३     विकासन्युज


काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ ।

सोमबार एक सूचना प्रकाशन गरेर साना किसान कृषि सहकारीले आफ्नो स्वामित्वमा रहेको साना किसान लघुवित्तको ३० हजार कित्ता संस्थापक सेयर बिक्री राखिएको जनाएको छ ।

यो सेयर खरिदका लागि साना किसान सहकारी संस्था तथा अन्य विद्यमान संस्थापकहरूले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य ३३० रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार बोलकबोल पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा ४ हजार कित्ताका लागि खरिद आवेदन पेस गर्न सकिने छ ।

आगामाी वैशाख २३ गतेसम्म बोलपत्र पेस गर्न सकिने छ ।

लगानीकर्ताले एनआईशी एशिया क्यापिटलको कार्यालय र साना किसान विकास लघुवित्तको शाखा कार्यालयहरू झापा, इटहरी, बर्दिवास, हेटौंडा, गजुरी, पोखरा, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, बबरमहल, लहान र अत्तरिया शाखा कार्यालयमा बोलपत्र आवेदन पेस गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.