सर्पोट लघुवित्तको अध्यक्षमा पोखरेल नियुक्त, यस्तो बन्यो सञ्चालक समिति

  २०८० चैत १८ गते १३:१५     विकासन्युज

काठमाडौं । सर्पोट लघुवित्तको अध्यक्षमा महेशकुमार पोखरेल नियुक्त भएका छन् । चैत १७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पोखरेललाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।

साथै, उक्त बैठक अघि सम्पन्न संस्थाको वार्षिक साधारण सभाले संस्थापक तर्फबाट चार जना र सर्वसाधारण तर्फबाट एक जना सञ्चालकलाई निर्वाचित गरेको छ । संस्थापक सेयरधनीकोतर्फबाट महेशकुमार पोखरेल, पुनितकुमार सारडा, सुमित अधिकारी र होम शंकर दाहाल रहेका छन् भने सर्वसाधारण सेयरधनीको तर्फबाट दिव्य प्रसाद कोइराला निर्विरोध निर्वाचित भएका छन् ।

यससँगै कम्पनीको ७ जनाको सञ्चालक समिति बनेको छ । हालै निर्वाचित ५ जना र सर्वसाधारण समूह तर्फबाट तारादेवी भट्टराई र स्वतन्त्र सञ्चालकमा गोविन्दलाल कर्ण रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.