समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

  २०८० चैत १८ गते ७:३८     विकासन्युज

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

संस्थाको आगामी चैत २९ गते आयोजना हुन लागेको १०औं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले सोमबार बुक क्लोज गर्दैछ । आजसम्म कायम सेयरधनीहरू मात्रै संस्थाद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन् ।

संस्थाको सञ्चालक समितिको बैठकले आव २०७९/८० का लागि ५.४२२२ प्रतिशत बोनस सेयर र ०.२८५४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरणको प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीको सभा चैत्र २९ गते बिहीबार नमोबुद्ध बैंक्वेट एण्ड इभेन्ट, बनेपा-७, काभ्रेपलाञ्चोकमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.