प्रभु बैंक र स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बिक्रीमा

  २०८० चैत १८ गते ७:२९     विकासन्युज


काठमाडौं । । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा राखिने भएको छ ।

आगामी चैत २५ गतेदेखि प्रभु बैंकको संस्थापक समूहको ६१ हजार ७ सय ६२ कित्ता र स्वावलम्बन लघुवित्तका संस्थापक समूहको १४ हजार ७ सय १० कित्ता गरी कुल ७६ हजार ४ सय ७२ कित्ता सेयर बिक्रीमा राखिने भएको हो ।

यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरू तथा अन्य व्यक्ति,कम्पनी तथा संघ संस्थाहरूले बोलपत्र आवेदन पेस गर्न सक्नेछन् ।

प्रभु बैंकको संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ र स्वावलम्बन लघुवित्तको सेयरमूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ । बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

सेयरको बिक्री प्रबन्धक एलएस क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या तथा मूल्य खुलाई वैशाख १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.