दुई घण्टा लामो बयान दिएर विनोदले भने : ममाथि राजनीति भयो

  २०८० चैत ८ गते १०:१४     विकासन्युज

काठमाडौं । उद्योगी विनोद चौधरीले बयान दिएर निस्किँदै आफूमाथि राजनीति भइरहेको बताए । उनले आफूमाथि राजनीतिक स्टन्ट भइरहेको पनि बताउँदै स्टन्ट गर्नेहरुलाई आफूले चरित्रको प्रमाणपत्र देखाइरहनु नपर्ने धारणा पनि राखेका छन् ।

सरकारी वकिलको कार्यालयमा बयान दिएर निस्किँदै उनले यस्तो बताएका हुन् ।

बाँसबारी जग्गा प्रकरणमा आज बिहान बयान दिएर उनी निस्किएका हुन् । उनले दुई घण्टा बढी समय बयान दिएका छन् । उनी बिहीबार बिहानै बयानका लागि सरकारी वकिल कार्यालय पुगेका थिए ।

बुधबार सीआईबीले उनीमाथि अनुसन्धान भइरहेको भनेर सभामुख देवराज घिमिरेलाई पत्र पठाएको थियो । काठमाडौंको बाँसबारीमा रहेको १० रोपनी सरकारी जग्गाको कागजात कीर्ते गरी निजी बनाएको भन्दै सीआईबीले छानबिन गरिरहेको छ ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको भन्दै सिआइबीले व्यवसायी अरूण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो । सोही प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विनोद चौधरीमाथि पनि छानबिन गर्न भन्दै प्रहरीलाई निर्देशन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.