बेनेली बाइक शून्य प्रतिशत ब्याजमा पाइने, १ लाखसम्म छुटको व्यवस्था

  २०८० चैत ७ गते १५:०५     विकासन्युज

काठमाडौं । यो नयाँ बर्ष योजनामा बेनेली बाइक ० (शून्य) प्रतिशत ब्याजमा पाइने भएको छ ।

कम्पनीका अनुसार १९११ देखि प्रचलित विश्व प्रसिद्ध इटालियन ब्रान्डका बेनेली बाइक नेपालका धेरै युवाहरुको रोजाइ बन्न पुगेको छ । तेस्रो मुलुकबाट आयात भएता पनि सधै गुणस्तरिय सर्भिस तथा सजिलै बाइकका पर्ट्सपुर्जा पाइदैन भन्ने भ्रमलाई गलत सबित गर्दै गुणस्तरीय सेवा प्रदान गर्दै आएको केटिएम इन्टरनेशनल ट्रेडिङ्गले नयाँ बर्ष २०८१ का लागि विषेश फाईनान्स योजना ल्याएको छ ।

यो योजना अन्तर्गत १८० सिसि बाईक तथा स्कुटरमा २० मिनेटमा नै ० प्रतिशत ब्याजदरमा किस्ताबन्दी मा साधन खरिद गर्न सकिने छ । साथै अरु मोडलहरुका बाईकहरु मा विशेष छुटको बेवास्था पनि मिलाएको छ। कम्पनीले मोडल हेरि १५००० देखी १ एक लाख रुपैयाँसम्मको छुट दिने भएको छ।

बजारको मागलाई ध्यानमा राखी नेपालमा केटिएम इन्टरनेशनल ट्रेडिङ्गले २०१५ देखि आयात तथा बिक्रीवितरण गर्दै आएको छ । कम्पनीले उत्कृष्ट डिजाइन, शक्तिशाली इंजन, र प्रभावकारी प्रदर्शनको एक संयोजन प्रदान गरेका १२५ सिसि देखि ७५० सिसि सम्मका बेनेली बाइक तथा स्कुटरहरु नेपालमा बिक्री-वितरण गर्दै आएको छ ।

यो अद्भुत अवसरको सदुपयोग गरि उत्कृष्ट इटालियन डिजाइन, शक्तिशाली इंजन, र सर्वोत्कृष्ट प्रदर्शनलाई सस्तोमा प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.