निफ्रा बैंकको नाफा पौने १ अर्ब, निक्षेप साढे ९२ करोड बढी

  २०८० चैत ६ गते १४:४२     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्ष २०८०/८१ को ७ महिनामा पौने एक अर्ब रुपैयाँ नाफा गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार माघसम्म निफ्राले ८५ करोड ६३ लाख रुपैयाँ खुद नाफा गरेको हो ।

यस अवधिमा बैंकले २ अर्ब ६ करोड ३१ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । जसमध्ये १ अर्ब ७० करोड रुपैयाँ ब्याज आम्दानी गरेको हो ।

७ महिनामा बैंकले ४ करोड ६९ लाख रुपैयाँ कर्मचारीलाई खर्च गरेको छ भने १३ करोड ४३ लाख रुपैयाँ ब्याज भुक्तानी गरेको छ । बैंकले ७ महिनाको अवधिमा ४८ करोड ४७ लाख रुपैयाँ लोन लस प्रोभिजनमा छुट्याएको छ ।

बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ, जगेडा कोष १ अर्ब ३ करोड रुपैयाँ, रिटेन्ड अर्निङ १० करोड ४५ लाख रुपैयाँ, अन्य रिजर्भ फण्ड १७ करोड रुपैयाँ छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैंकको ऋण २ अर्ब २८ करोड ९८ लाख रुपैयाँ छ भने निक्षेप ९२ करोड ५० लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.