मध्यपहाडी राजमार्गलाई छोटो र सहज बजाउन सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री 

  २०८० चैत ६ गते १३:४३     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मध्यपहाडी राजमार्गलाई छोटो र सहज बजाउने विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तरमा नेकपा एमालेका सांसद गोकुल बास्कोटाले राजमार्ग सम्बन्धि राखेको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् । उनले मध्यपहाडी राजमार्ग कुल लम्बाई १८ सय ७९ किलोमिटरमध्ये हालसम्म ९९ सय ६० किलोमिटर डेडिकेट दोब्बर लेनको स्तरोन्नती भइसकेको जानकारी दिए ।

उनले जसमा १३७ पुलमध्ये ३३ पुल निर्माण सम्पन्न भइसकेको भन्दै राजमार्गका आवश्यक स्थानमा अग्ला पुलहरु निर्माण गरी राजमार्गलाई छोटो र सहज बनाउने विषयलाई सरकारले उच्च प्राथमितामा राखेको बताए । निर्माण सम्पन्न भएपछि आवश्यक र सम्भव हुने स्थानमा राजमार्गलाई डेडिकेटेड डब्बल लेनमा स्तर उन्नती गरिनेमा जोड दिए ।

प्रधानमन्त्री दाहालले मदन भण्डारी प्राविधि विश्वविद्यालय बनाउने विषयमा पाँचखाल नगरपालिकामा विश्व विद्यालय अनुदान आयोगको सिफारिससम्मको आधारमा भित्र राष्ट्र चीन सरकारको सहयोगमा संरचना निर्माणका लागि प्रक्रिया अगाडि बढाएको बताए । उनले सुनकोशी तेस्रो जलविद्युत आयोजना संयुक्त रुपमा कार्यान्वयनको लागि नेपाल विद्युत प्राधिकरण र बंलादेशका तर्फबाट बंलादेश पावर डेभल्पमेण्ट बोर्डलाई लाइन एजेन्सी तोकिएको जानकारी दिए ।

‘मध्यपहाडी राजमार्ग कुल लम्बाई १८ सय ७९ किलोमिटरमध्ये हालसम्म ९९ सय ६० किलोमिटर डेडिकेट डब्बल लेनको स्तर उन्नती भइसकेको छ भने १३७ पुलमध्ये ३३ पुल निर्माण सम्पन्न भइसकेको छ । मदन भण्डारी प्राविधि विश्व विद्यालयको दुईवटा भवन मकवानपुरको चित्लाङमा निर्माण भएको र पाँचखाल नगरपालिकामा विश्व विद्यालय अनुदान आयोगको सिफारिससम्मको आधारमा भित्र राष्ट्र चिन सरकारको सहयोगमा संरचना निर्माणका लागि प्रक्रिया अगाडि बढाएका छौं । दुई देशबीचको सचिवस्तरीय बैंठकको निर्णय अनुसार संयुक्त लगानीको कम्पनी स्थापना गर्ने प्रक्रिया अगाडि बढेको आयोजनाको डिजाइन अध्ययन प्रतिवेदन बंगलादेश पक्षलाई बुझाईएको छ’, उनले भने ।

प्रधानमन्त्री दाहालले दुई देशबीचको सचिवस्तरीय बैंठकको निर्णयअनुसार संयुक्त लगानीको कम्पनी स्थापना गर्ने प्रक्रिया अगाडि बढेको आयोजनाको डिजाइन अध्ययन प्रतिवेदन बंगलादेश पक्षलाई बुझाइएको समेत जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.