सञ्जाल विस्तारमा आक्रामक बन्दै सेरेस

  २०८० चैत ६ गते १२:४३     विकासन्युज

काठमाडौं । नाडा अटो सो २०२३ मार्फत नेपालमा दमदार रुपमा प्रवेश गरेको सेरेसले छोटो समयमा धेरै नेपालीको मन जित्न सफल भएको छ ।

अब भने सेरेसका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले सेरेसका इभीहरुको उपलब्धता सहज बनाउन महत्वपूर्ण पाइला चाल्ने भएको छ । सेरेसले यसअघि नै नक्साल, पानी पोखरी, थाक्सीखेल ललितपुर र भक्तपुर जस्ता काठमाडौं उपत्यकाका महत्वपूर्ण स्थान तथा काठमाडौं बाहिर पोखरा, वुटवल, विराटनगर, विर्तामोड र नेपालगञ्जमा आफ्नो सञ्जाल विस्तार गरिसकेको कम्पनीले जनाएको छ ।

सेरेस इभीप्रति ग्राहकको पहुँच सहज बनाउन एमएडब्लु वृद्धिले निकट भविष्यमा नारायणघाट, धनगढी, विरगञ्ज र जनकपुरमा पनि सोरुम सुरु गर्ने योजना बनाएको छ । यसले नेपालभर परिचित र उपलब्ध इभी ब्रान्ड बन्ने सेरेसको महत्वकांक्षालाई उजागर गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.